• २०८३ असार १७
  • 2026 July 01, Wednesday

यसरी गरिँदैछ सत्यमोहन जोशीको अन्तिम बिदाइ

काठमाडौं  । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्राङ्गणमा पनि राखिने भएको छ।

आज दिउँसो साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो।

जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर ४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ। त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म राखिनेछ।

ललितपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिने र फेरि किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ।