• २०८३ असार १७
  • 2026 July 01, Wednesday

आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन : आयुक्त भण्डारी

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेको छ।

राजनीतिक दलका उमेदवार तथा स्वतन्त्र उमेदवारले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।

न्युज एजेन्सी नेपालसँग निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए।

आयुक्त भण्डारीले उमेदवारले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए।

घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे। घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ छ।