• २०८३ असार १७
  • 2026 July 01, Wednesday

पाचौँ वार्सिकोत्सवको अवसरमा सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम शुरु, यस्ता छन् योजनाहरु ?

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अगामी कार्तिक २ गते पाचौँ बार्षिकोत्सव मनाउँदै छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यस बर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरिने कम्पनीले जनाएको छ ।

आजदेखि कार्तिक ६ गते सम्म सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको हो । नागरिकहरुमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न अति अवाश्यक रहेकोले कम्पनीले वार्सिकोत्सवको अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रम, सडक ¥याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान पनि गर्दै छ ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको बिशेष दिन सम्पुर्ण कर्मचारि, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीको प्रगती सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ ।