• २०८३ जेठ २२
  • 2026 June 05, Friday

काठमाडौं जिल्लामा नै १२ हजारभन्दा बढी डेंगुका बिरामी

देशभरि डेंगुका बिरामी ४० हजार‚ अहिलेसम्म ४८ जनाको मृत्यु

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार अहिले डेंगुका सबैभन्दा धेरै बिरामी काठमाडौं जिल्लामा छन्। काठमाडौंमा हाल १२ हजार २५२ जना डेंगुका बिरामी रहेका छन्।

मन्त्रालयकै विवरणअनुसार पनि हालसम्म देशभरि डेंगुका बिरामीको संख्या ४० हजार २९ जना पुगिसकेको छ। सरकारकै तथ्यांकअनुसार साउनयता डेंगुबाट ४८ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयले दिएको विवरणअनुसार डेंगुका बिरामी ललितपुर जिल्लामा ८ हजार ७१४ जना‚ भक्तपुरमा २ हजार ७३० जना‚ मकवानपुरमा ४ हजार ५० जना र चितवनमा १ हजार ४६० जना रहेका छन्।

देशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउनयता तीव्र गतिमा फैलिएको डेंगु देशका ७७ वटै जिल्लामा फैलिएको छ।