काठमाडौँ । राप्रपाले नेकपा एमालेसंग गरेको चुनावी तालमेलका कारण राप्रपामा असन्तुष्टी बढेको छ । पार्टीका नेता कार्यकर्ताहरुको भावना विपरीत पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले एमालेसंग तालमेल गरे पछि राप्रपामा असन्तुष्टी बढेको हो ।
एमालेसँगको तालमेलले पार्टीको आदर्श र सिद्धान्तलाई असर पारेको भन्दै असन्तुष्ट नेताहरुले त्यसलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । उनीहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई निर्णय तत्काल सच्याउनका लागि बुधबार सचेतना पत्र पठाएका हुन् ।
हेर्नुहोस सचेतना पत्र

