• २०८३ असार ४
  • 2026 June 18, Thursday

यी ७ र्शीषकमा उम्मेदवारले खर्च गर्न पाउने

काठमाडौँ ।  अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत उम्मेदवारले कुन कुन शीर्षकमा खर्च पाउँछन् भन्ने विषयमा निर्वाचन आयोगले शीर्षक तोकेको छ।

आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्देशिका २०७९ प्रतिकूल नहुने गरी उम्मेदवारले निम्न शीर्षकमा खर्च पाउने छन् ।

–मतदाता नामावली खरिद
–प्रचारप्रसार सामग्री
–गोष्ठी अन्तरक्रिया
–छापा एवं विद्युतीय माध्यम
–कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन
–सवारीसाधन