• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिताेला एक हजार घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो । तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।