• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वैवाहिक बन्धनमा बाँधिए पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिको

  • २०७९ कात्तिक १८, शुक्रबार ०७:३३

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुएर्तो रिको वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले विवाह पश्चात् सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै विवाहको खबर सार्वजनिक गरेका छन् ।

सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए । यो उनीहरुको पहिलो भेट भएको थियो ।

त्यसबेला शीर्ष १० मा पुगेका यी दुवै सोसल मिडियामा जोडिए । निकै मिल्ने साथी भए । त्यतिबेलैबाट यी दुईको डेट सुरु भएको थियो ।

यी दुईले इन्स्टाग्राममा एउटा रिल सेयर गरेका छन्, जसमा उनीहरुलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

उनीहरुले २८ अक्टोबरमा विवाह गरेका हुन् ।

  • २०७९ कात्तिक १८, शुक्रबार ०७:३३