• २०८३ असार ४
  • 2026 June 18, Thursday

डा. ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै आयाेगले दियाे सर्वाेच्चमा निवेदन

काठमाडाैं । डा. ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकाे छ ।

आयाेगले आज शुक्रवार सर्वाेच्चमा पुगेर कार्कीकाे उम्मेदवारीकाे विषयमा सर्वाेच्चबाट गएकाे मङ्गलवार भएकाे अन्तरिम आदेश बदर गरी पाउँ भनी निवेदन दिएकाे हाे ।

गएकाे मङ्गलवार सर्वोच्चले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियाे ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार उम्मेदवारी खारेज गरिदिएको थियो ।