प्रतिताेला १४ सय बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

अब छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तोजावी सुनको भाउ पनि ९४ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको भाउ पनि शुक्रबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७