तनहुँ । तनहुँ क्षेत्र नं २ काे प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारीले आफूविरुद्ध भ्रामक समाचार प्रकाशित भएकाे र उक्त समाचारप्रति आफ्नाे ध्यानाकर्षण भएकाे जनाएका छन् ।
तनहुँकाे दमाैलीबाट प्रकाशित हुने लाेकवाणी दैनिकमा गएकाे आइतबार प्रकाशित ‘पाैडेलमाथि घेराबन्दी, जाेशी र भण्डारीबीच एक अर्कालाई सघाउने सहमति’ शीर्षककाे समाचारमा आफ्नाे ध्यानाकर्षण भएकाे बताएका हुन् । उनले यस्ता समाचार प्रकाशन गरेर आम मतदातामा भ्रम फैलाउन खाेजिएकाे बताएका छन् ।
उनले भनेका छन् ‘विभिन्न मनसायबाट पालित, पाेषित र सञ्चालित गिराेहकाे उक्साहटमा नेपाली कांग्रेस र गठबन्धन दलका कार्यकर्ता मतदाताहरुमा भ्रम फिजाई एकता, मेलमिलाप र सद्भाव भाँड्ने उद्देश्यले यस्ताे झुठाे अफवाह फिजाइएकाे जगजाहेर छ ।’
उनले यस्ताे दस्प्रचारकाे भर्त्सना पनि गरेका छन् । साथै, उनले आम मतदातालाई भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
हेर्नुहाेस् विज्ञप्ति :
