पाँचथर । पाँचथरकाे फिदिममा सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित सीप विकास केन्द्रले महागुरु फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाएको छ ।
१६औं राष्ट्रिय विभूति महागुरु फालगुनन्दको १३८औं जन्म जयन्तीका अवसरमा सीप विकास केन्द्रले एक कार्यक्रम गरी उत्सव मनाएको हो ।
फिदिम नगरमा निकालिएको शोभा यात्रामा सहभागीहरूले महागुरुका महान वाणीहरू उल्लेख भएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शोभा यात्राका क्रममा फिदिम शिवालय मन्दिर नजिकै फाल्गुनन्द चोकमा स्थापित महागुरुको प्रतिमाको परिक्रमा गरी पुष्प गुच्छा एवं माल्यार्पण गरिएको सीप बिकास केन्द्र फिदिमकी संयोक अनिशा राईले जानकारी दिइन् ।
सीप विकास केन्द्रको हलमा आयोजित कार्यक्रममा स्थानीय मित्रप्रसाद अधकारीले राखेका थिए भने प्रमुख अतिथि राजेन्द्र कुमार जबेगुले समेत महागुरुको सामाजिक योगदानबारे चर्चा गरेका थिए ।