
काठमाडाैं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । बुधबार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएकाे हाे ।
यूएईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटेकाे हाे ।
नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै, कुशल भुर्तेलले ३५ रन बनाए ।
बलिङतर्फ यूएईका राेहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भएकाे थियाे ।
यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ ।
यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । अब तेस्राे खेल आगामी शुक्रबार हुनेछ ।