
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। बिहीबार सुनको मूल्य प्रतितोला चार रुपैयाँ घटेको थियो ।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।