अविश्वसनीय पूनरागमनसहित यूएईले नेपाललाई दियाे १७७ रनकाे लक्ष्य

काठमाडौं । यूएईले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेकाे हाे ।

३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगे पनि दशौँ विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।

तीन ओभरको समाप्तीमा महत्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाएका थिए ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७