नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाडाैं । यूएईलाई पराजित गरी नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । शुक्रबार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई ६ विकेटले पराजित गरी नेपालले शृङ्खला जितेकाे हाे ।

यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटेकाे हाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७६ रन बनाएकाे थियाे ।

यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए ।

नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित भएकाे थियाे । दाेस्राे खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे । याे जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नाे पक्षमा पारेकाे हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७