अमेरिकामा एक नाइट क्लबमा गाेलीबारी, ५ जनाकाे मृत्यु

अमेरिकाको कोलोराडो राज्यमा एक समलिङ्गी नाइटक्लबमा शनिबार राति गोलीबारी हुँदा पाँच जनाको हत्या भएको छ ।

क्लब क्यु नामक उक्त नाइट क्लबमा भएको गोलीबारीमा अन्य १८ जना घाइते भएका छन् ।

प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएका समाचारमा जनाइएकाे छ ।

गोलीबारी कसरी समाप्त भयो भन्ने विवरण पनि प्रहरीले सार्वजनिक गर्न बाँकी नै छ ।

कोलोराडो स्प्रिंग्सका अग्निनियन्त्रक निकायका क्याप्टेन माइक स्माल्डिनोले घटनास्थलबाट कयौं फोन आएपछि ११ एम्बुलेन्स घटनास्थल पुगेको जानकारी दिए ।

सामाजिक सञ्जालमा एक विज्ञप्तिमा, क्लब क्यूले ‘हाम्रो समुदायमा भएको मूर्खतापूर्ण आक्रमणबाट स्तब्ध भएको’ बताएकाे छ । क्लबले पीडित र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७