काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत अर्घाखाँचीको निर्वाचन क्षेत्र नंं १ मा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले ८१८२ मतसहित अग्रता लिइरहेका छन् ।
उनका मुख्य प्रतिस्पर्धी सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले ५९९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
उनीहरुबीच फराकिलो अन्तर देखिएको छ । रायमाझीको जित निश्चित रहेको बताइएको छ ।
मतगणना अन्तिम चरणमा रहेको जनाइएको छ । यहाँ १५ हजार २४६ मत खसेको निर्वाचन कार्यालयको रेकर्डमा उल्लेख छ ।