कैलाली ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।

कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् ।

एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७