ताप्लेजुङमा पछि परे याेगेश भट्टराई

ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् ।

एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् ।

ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१