घट्याे सुन र चाँदीको मूल्य

काठमाडाैं । सुन र चाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुन उक्त दरले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७