मकवानपुर-१ मा राप्रपाका दिपकबहादुर सिंह विजयी

काठमाडाैं । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् ।

कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपाले हेटौंडामा २८ वर्षपछि विजयी भएको हो ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७