नवलपरासी पूर्व-१ बाट शशांक कोइराला विजयी

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।

पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यो क्षेत्रमा २०४८ साल यता निरन्तर कांग्रेसले जित्दै आएको छ। कोइराला यही क्षेत्रबाट चौथो पटक निर्वाचित भएका छन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७