सुनचाँदीकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ ।

तोलामा ३०० रूपैयाँले मूल्य घटेर आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो ।

यसैगरी, साेमबार चाँदीको मूल्य समेत घटेको छ । महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ ।

साेमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७