नेपाली कांग्रेसका दुई युवा महामन्त्रीलाई खुला सन्देश

मेराे राजनीतिक करियर सकिएर केही फरक पर्दैन हिम्मत छ भने सकेर देखाउनुहोस् । हिजो जुन धरातलमा उभिएर आजकाे उचाइ प्राप्त गरेका विशेष गरेर गगन दाइ र विश्व दाइ । साथै, अन्य दाइहरुलाई पनि मेराे सम्बाेधन । याे मेरो कुण्ठा या रोदन जुन रुपमा बुझ्नुहुन्छ बुझ्नुस् ।

हुन त मेरो यो सन्देश तपाईँहरुसँग पुग्ला या नपुग्ला तर मैले १३ वर्ष सक्रिय भएर ने.वि.संघ को राजनीति गर्दा मैले भावना साटेका तमाम ने.वि.संघका योद्धा साथीहरुसँग अवश्य पुग्नेछ जुन मेरा लागि काफी छ ।

म बोल्न डराउने व्यक्ति होइन । आफ्नाे दु:ख गरेर खानुपर्नेछ गरिन्छ। १३ वर्ष ने.वि.संघको राजनीति गर्दा मेरो जीवनको उर्वर समय र लाखौँ पैसा खर्च गरेर मैले सिकेका रराजनीतिक ज्ञानहरु काफी छन् तपाईंहरुबाट अब थप शासित कदापि भइन्न ।

अब ‘मैले यो फुच्चेमाथि कहिले शासन गरेँ’ भनेर धेरै दिमाग नखियाउनुस् तपाईंहरुको लाचारीपनले हामी शासित भएका छौँ । देशभर स्वतन्त्र राजनीतिबाट उदाएका तमाम नेताहरु देशको केन्द्रीय राजनीतिमा स्थापित भइसकेका छन् । कृपया वरिष्ठ मननीयज्युहरु ने.वि.संघमा राजनीति गरिरहेका प्रत्येक सदस्य अहिलेका स्वतन्त्र उमेदवारहरुभन्दा अनुभवी छन् यस कुरा कहिले बुझ्ने ? के नयाँ पुस्ताको राजनीतिक खेती तपाईंहरुको जिवनलाई मात्र हराभरा बनाउनलाई हो मेरो प्रश्न छ ?

गगन दाइ र विश्व दाइ तपाईंहरु हामी जस्ता लाखौँ कार्यकर्ताको भविष्य मासेर तपाईं प्रधानमन्त्री बन्नु म जस्ता लखौं कार्यकताको लागि अभिसाप मात्र हुनेछ । किनकी यस निर्वाचनमा तपाईं दुईजनाकाे टिकट वितरण कौशलता मज्जाले देख्न पाइयो । आसेपासेबाहेक कसैलाई नदेख्ने, नबुझ्ने बुढो मानसिकता तपाईँहरुमा मज्जाले जकडिएकाे देखियो । यो मेरो राजनीतिक जीवनको सबैभन्दा महत्वपूर्ण लेखाइ हो । अब मेरो राजनीतिक भविष्य राम्रो होला या जे होला मलाई चिन्ताचाहीँ पटक्कै छैन । जय नेपाल !

(लेखक थापा सुशील कोइराला सोसलिष्ट युथ सर्कलकाे केन्द्रीय अध्यक्ष पनि हुन् ।)

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७