• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अध्यक्ष लिङ्देनले गरे तीनवटा पुलको शिलान्यास

झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।

राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे ।

विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भइ शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

पालिकाको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।