• २०८३ असार ११
  • 2026 June 25, Thursday

गायक राजेशपायल राईले पहिलोपटक सार्वजनिक गरे छोराको तस्विर

काठमाडाैं । गायक राजेशपायल राईले पहिलो पटक छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत तस्विर सार्वजनिक गरेर पास्नी पनि भएको जनाएका छन् ।

उनले दाजुको छोरी राइसाको काखमा बसेको छोरो सायारेमको तस्विर पोस्ट गरी लेखेका छन्, ‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

गायक राई गत असोजमा एक सन्तानका बाबु बनेको समाचार बाहिर आएको थियो ।

राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा पनि हालेकी छन् । तर उक्त भिडियोमा राजेश भने देखिएका छैनन् ।