५ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७