भिम रावलको प्रश्न:बालेनले अमेरिकी राजदूत भेट्दा परराष्ट्रको अनुमति लिएको हो कि होईन ?

नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न गरेका छन् । शुक्रबार सामाजिक संजाल ट्वीवटर मार्फत राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? जानकारी गराउन माग गरेका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ?’ उनले प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको थियो। भेटवार्तामा परराष्ट्रको कुनै जानकारी बालेन शाहले नलिएको बुझिएको छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७