• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

‘केजीएफ’ अभिनेता कृष्णाजी रावको मृत्यु

भारत । दक्षिण भारतीय कन्नड फिल्म ‘केजीएफ’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अभिनेता कृष्णाजी रावको मृत्यु भएको छ।

फोक्सोको संक्रमणका कारण लामो समयदेखि बिरामी रहेका ७० वर्षीय रावको बैंग्लोरको विनायक अस्पतालमा मृत्यु भएको पिंकभिल्लाले जनाएको छ।

रावले ‘केजीएफ’ फिल्ममा खानीका मजदुरहरूबीच रहेको दृष्टिविहीन वृद्धको भूमिका निर्वाह गरेका थिए ।

कृष्णाजी रावले आफ्नो करियरमा धेरै फिल्ममा काम गरिसकेका छन् । तर, ‘केजीएफ’ पछि उनको लोकप्रियता निकै बढ्यो, जसकारण उनले लगातार ३० फिल्ममा अभिनय गरे ।