विदेशीहरु भन्दा हाम्रै नेताहरु घातक (भिडिओसहित)

काठमाडाैं । परि थापा नेपाली राजनीतिका विद्वान र बैचारिक नेता हुन् । हाल उनी नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्यछन् । राजनीतिलाई लाभ हानीकोरुपमा नभइ देश र जनताको सेवामा समर्पित गर्नुपर्ने धारणामा उनी अडिग छन् ।

हुलाक संचारसंगको कुराकानीमा उनले देशको अवस्था सहि ढंगले अघि नबढेको दुखेसो पोखो । आमनिर्वाचनबाट जे जस्तो परिणाम आएपनि त्यसबाट देशले केही नपाउने उनको धारणा छ ।

निर्वाचनबाट जितेर आएका नयाँ पुराना दल र नेताहरु सबै विदेशीका दलाल भएको उनको तर्क छ । सीमा विवाद, एमसीसी, एसपीपीका पक्षधरहरु नै विजयी भएर आएको बताउँदै उनले नेपालका नेताहरु विदेशीहरु भन्दा पनि बढी खतरनाक भएको उल्लेख गरे ।

अझै केही वर्ष नेपाल घिसिपिटि शैलीमा चल्ने र त्यसपछि मुलुक संघीय गणतन्त्रमा जाने उनको विश्वास छ । नेपालका जनतामा विचार र विवेक कम, आक्रोश र उत्तेजना बढी भएकाले संघीय गणतन्त्र आउन केही समय पर्खिनुपर्ने उनको भनाइ छ ।

थापा भन्छन्, ‘संघीय गणतन्त्र नभएसम्म विकास र समृद्धि सम्भव छैन । ’

अहिले चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत ठूला दलहरुप्रतिको वितृष्णा मात्र हो, यो रविको पार्टीको सिद्धान्त र दर्शनको आकर्षण होइन । रविको पार्टीको त कुनै विचार नै छैन । विचार नभएको पार्टीबाट के आश गर्नू ?

थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा प्रकरणमा सबैले लफङ्गो पारा देखाएको कटाक्षसमेत गरे । यसमा संसद सचिवालयका महासचिव मात्र होइन दलका नेताहरुले समेत बचकना देखाएको उनको आरोप छ ।

दलहरुको गैरजिम्मेवार व्यवहार र उन्मादले न्यायालयसहित समग्र प्रणाली नै धरापमा परेको छ । राज्यका निकायहरु निकम्मा हुन थालेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बदनाम भएको छ । यो भन्दा बिग्रनेस्थिति अरु के हुन्छ र ? थापाको प्रश्न छ ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७