काठमाडौं। नयाँ सरकार निर्माणका लागि छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
दुई नेताबीच ‘वान टु वान’ वार्ता भइरहेको छ ।
प्रचण्ड र देउवाबीचको वार्तापछी सत्ता गठबन्धनको बैठक बस्नेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।
