काठमाडौं। सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो।
लगत्तै, आइतबार बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरिरहेका छन्।
देउवा र प्रचण्डले गठबन्धन बैठकअघि शीर्ष तहका नेताहरुसँग समेत छलफल गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ। त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ।‘राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ।
