काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि गठबन्धनमा जोड्न आग्रह गरेका छन् ।
शर्माले सत्ता गठबन्धनमा भएका सहमतिलाई कार्यान्वयन गर्दै गठबन्धन जोगाउनुपर्ने धारणा पनि राखेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘एक्लो बहुमतमाझ हामी कसैसँग छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौं । २-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’
एक्लो बहुमत कसैको नआएको भएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गर्न आग्रह गरेका छन् ।
