• २०८३ असार ९
  • 2026 June 23, Tuesday

खुमलटारमा प्रचण्डको ब्रिफिङ काँग्रेसले गठबन्धन टुटायो

  • २०७९ पुस १०, आइतबार ०८:१६

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका छन् ।बालुवाटारको बैठकबाट बाहिरिएपछि प्रचण्डले आफू निकट नेतालाई कांग्रेसले गठबन्धन टुटाएको ब्रिफिङ गरेका हुन् ।

नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।

सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारबाट आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गरेका थिए । छलफल पछि उनी बालकोटतर्फ लागेका छन् ।

 

 

 

  • २०७९ पुस १०, आइतबार ०८:१६