• २०८३ असार ९
  • 2026 June 23, Tuesday

नयाँ गठबन्धनको सम्भावना, बालकोटमा जम्मा भए रबि लामिछानेदेखि प्रचण्डलगायतका नेता

  • २०७९ पुस १०, आइतबार ०९:२४

काठमाडौं। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा कांग्रेसबाहेकका दलका शीर्स नेताहरु छलफलमा जुटेका छन्।

सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका हुन् ।

उनीहरुबीच बालकोटमा दुई पक्षीय तथा बहुपक्षीय बैठक हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

  • २०७९ पुस १०, आइतबार ०९:२४