झापामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।
शिवसताक्षी नगरपालिका– ११ निवासी ६१ वर्षीया कृष्णमाया भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट श्रीमान् ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएका छ ।
सोही स्थानको बच्चाबगरमा आज बिहान साढे २ बजेतिर एउटा छावासहित चारवटाको सङ्ख्यामा आएका हात्ती बस्तीमा पसेका थिए।
घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते शान्तिरामको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।