• २०८३ असार १३
  • 2026 June 27, Saturday

नयाँ सिजनका लागि मनाङको टिम घोषणा

काठमाडौं । नयाँ सिजनका लागि मनाङ मर्स्याङ्दी क्लबले टिम घोषणा गरेको छ। क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको छ।

मनाङले यस सिजनलाई अनुबन्ध गरेका खेलाडीमा दीप कार्की, जियारत शेख, आशीष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन्।

नयाँ सिजनका लिगमा मनाङले खेलाडीमाथि विश्वास गरेको छ। उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई मनाङले अनबुन्ध गरेको हो। आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेको छ।

मनाङका प्रशिक्षक श्रेष्ठले आफूलाई दिएको जिम्मेवारी चुनौतीपूर्ण रहेको पनि बताएका छन्।

‘मनाङ ठूलो टिम हो। विश्वास गरेर क्लबले ठूलो जिम्मेवारी दिएको छ। क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ’, उनले भने, ‘मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पुरै युवा खेलाडीको टिम छ। नजिताका लागि प्रशिक्षकका रुपमा सक्दो कोशिश गर्नेछु।’