• २०८३ असार १९
  • 2026 July 03, Friday

कम्बोडियामा निधन भएका निराकारका बुबासँग प्रधानमन्त्रीको भेट, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे।