काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व.लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रति विद्यार्थी रु. ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।
स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति काठमाण्डौँक नक्सालस्थित नन्दी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई प्रदान गरिएको छ ।
स्व. श्री हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वीरगंजस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिशा शाहलाई र स्व. नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति धनगढीस्थित शारदा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई प्रदान गरिएको छ ।
त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति हेटौँडास्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई र स्व. सीताराम प्रसाँइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति झापास्थित सिताराम सामुदायिक अंग्रजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाइ प्रदान गरिएको हो ।
यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।