काठमाडौं । साझा यातायातको बिजुली बस चढेर राष्ट्रपति विद्यादेवी भण्डारी पाटन जाने भएकी छन्।
ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन आज शीतल निवासबाट साझा बसमा चढेर पाटन जाने भएकी हुन् ।
पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट राष्ट्रपति पिम्बहाल सम्म पैदल यात्रा गर्ने छिन् ।
दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्।