• २०८३ असार २०
  • 2026 July 04, Saturday

गृहमन्त्री लामिछानेले एक कार्यक्रममा आफ्ना लागि राखेको विशेष सोफा हटाउन लगाए

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।

उनले उक्त सोफा हटाएर अफिसरहरुको सोफा राख्न निर्देशन दिएका थिए ।

दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।