
धनुषा । शिक्षिकाको लापरवाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो ।
पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् ।
शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
सिर्जनाकाे कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हाे ।
शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।
ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको प्रहरीले जनाएकाे छ ।