• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

गोल्डेन ग्लोब अवार्डको उपाधि ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतलाई

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले मोशन पिक्चरको उपाधि जितेको छ । गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीतको मौलिक मोशन पिक्चरको उपाधि जितेको हो ।

जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्ड प्राप्त गरेको हो।

यसपटकको अवार्ड समारोह ‘आरआरआर’ दुई विधामा मनोनयनमा परेको थियो।

आरआरआर उत्कृष्ट गैरअंग्रेजी चलचित्र विधामा पनि मनोनित भएको थियो।

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।