
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज तीन सय रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।