• २०८३ असार २०
  • 2026 July 04, Saturday

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिद्धारा माल्यार्पण

काठमाडौं । पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले सिंहदरबार पश्चिम गेट अगाडि रहेको शालिकमा माल्यार्पण गरेकी हुन् ।

पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।