
काठमाडौं । र्यापर भिटेन धेरै समयपछि सांगितिक दुनियामा फर्किएका छन् ।
उनले पछिल्लो समय गितहरु रेकर्ड गरेका थिएन्न भने पाश्र्व गायनमा उनी लामो समयपछि फर्केका हुन् । तीन वर्षअघि ‘सरौतो’ फिल्ममा गीत गाएका उनी ‘छड्के २’ मार्फत फिल्मी गायनमा फर्किएका हुन् ।
उनको आवाजमा एउटा गीतको रेकर्डिङ भएको छ । गीतमा भिटेनको संगीत छ ।
ग्याङस्टर जनरामा फिल्म निर्माण भएकाले निर्माताले र्याप गायनलाई समावेश गर्न चाहेको देखिन्छ । अर्को गीत अर्का र्यापर युनिक पोइटले गाउन लागेको बुझिएको छ । यी दुई र्यापरलाई महंगो मूल्यमा अनुबन्धित गरिएको निर्माता प्रशान्त गिरीले बताए ।
फागन १९ गते रिलिजको तयारीमा रहेको ‘छड्के २’ मा अनमोलसहित रविन तामाङ, कमलमणि नेपाल र रेशा आले मगरको मुख्य भूमिका छ ।