• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा विमान दुर्घटना : १० जनाको शव फेला

काठमाडौं । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रु थिए । जसमध्ये १० जनाको शव भेटिएको छ ।

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।