काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा दुई जना स्थानीय पनि घाइते भएका छन् । माछा मार्न सेती खोंचमा गएका दुई जना स्थानीय घाइते भएका हुन् ।
माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्न पुग्दा उनीहरु घाइते भएका थिए । उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पठाइएको छ ।
६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा दुर्घटनाग्रस्त भएको थियो ।