• २०८३ असार २०
  • 2026 July 04, Saturday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू

काठमाडौं । पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ ।

आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ ।

विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए । त्यसपछि जहाज दुर्घटनामा परेको हो । दुर्घटनापछि फायर फाइटिङसहित सबै संयन्त्र खटिनु परेका कारण विमानस्थल बन्द गरिएको थियो । जसले उडानहरु अवरुद्ध बनेका थिए । अहिले भने पूर्वनिर्धारित उडानहरु पुनः सुरू गरिएको कार्यालयले जनाएको छ ।